FAQs Complain Problems

रोल्पा  नगरपालिकाको  संक्षिप्त परिचय

रोल्पा नगरपालिका रोल्पा जिल्लाको एक मात्र नगरपालिका हो । पहाडी जिल्लामा पर्ने यो नगरपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्दछ । यस नगरपालिकामा १० वटा वडा रहेका छन् । सडक सञ्जाल , शिक्षा ,पर्यटन जस्ता विविध पक्षहरुमा विकास उन्मुख रुपमा रहेको यो नगरपालिका प्राकृतिक रुपमा अति लोभलाग्दो छ । नगरपालिका भित्र ११ वटा माध्यामिक विद्यालय, ५५ वटा आधारभूत विद्यालय , ४ वटा निजी स्कुलहरु पनि रहेका छन । जलजला वहुमुखी क्याम्पस , कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट (CNRM), माडिचौर रोल्पा तथा रोल्पा पोलिटेक्निक कलेज ,मेवाङ रहेको यो नगरपालिका शिक्षा क्षेत्रमा पनि उन्मुख हुदै गरेको छ । लुम्बिनी प्रदेशमा रहेको यो क्षेत्र पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतपर्ने   भालुवाङबाट चकचके हुदै रोल्पा नगरपालिका पुग्न करिव १०६ कि. मि.को दूरी पार गर्नु पर्दछ ।

सांस्कृतिक उत्कृष्टता

मगरहरुको बाहुल्यता रहेको यस नगरपालिकामा मगर, क्षेत्री, दलित, सन्यासी/दशनामी, कामी, ब्राम्हण, दमाई/ढोली, गुरुङ, ठकुरी, नेवार, घले, सार्की, जातीहरुको बसोबास रहेको छ । यस नगरपालिकामा हिन्दू, वौद्ध, इसाई, धर्मावलम्वीहरुको बसोबास छ । यस नगरपालिकामा सबैभन्दा बढी हिन्दू धर्मावलम्वीहरूको जनसंख्या रहेको पाइन्छ । यस नगरपालिकामा सबैभन्दा बढी नेपाली भाषा बोलिन्छ । नेपाली भाषाको साथसाथै स्थानीय मगर खाम भाषा बोल्ने गरिन्छ । दशै, तिहार, तिज, माघेसङ्क्रान्ति र भूम्या यस क्षेत्रका प्रमुख पर्व हुन् । यस नगरपालिकामा सोरठी नाच, देउसी भैलो, सारंगी नाच, पञ्चमी नाच   र लोकवाङी (भुमे) नाच नाचिन्छ । मगर समुदायको अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रमुख गन्तव्य स्थल बन्ने सम्भावना छ ।

जलजला ,सातदोवाटो र दारवोट जस्ता उच्च स्थानमा रहेका ठाउँहरुले गर्दा पनि यो नगरपालिका साच्चिकै मनोरम रहेको छ । यो नगरपालिकाको आफ्नै रीति-रिवाज ,भाषा ,धर्म र संस्कृति रहेको छ । मगरहरुको वाहुल्यता रहेको यो क्षेत्रमा व्राह्मण, क्षेत्री, गुरुङ, नेवार र दलित जातीहरुको पनि वसोबास रहेको छ । पैसेरु नाच, सारङ्गी ,सोरठि, लोकवाङी जस्ता नाचका साथै अन्य विभिन्न संस्कृति झल्काउने नाच हरु पनि यो ठाउँमा नाचिन्छ ।

        वि.सं.२०७८ सालको जनगणना अनुसार रोल्पा नगरपालिकाको जनसंख्या ३५,३७६ रहेको छ । यस नगरपालिकामा १० वटा वडा रहेका छन । चारैतिर वगेको नदि तथा जलजला ,सातदोवाटा र दारवोट जस्ता उच्च स्थानमा रहेका मनोरम ठाउँ हरुले गर्दा पनि यो नगरपालिका साच्चिकै मनोरम रहेको छ । यो नगरपालिकाको आफ्नै रिति-रिवाज ,भाषा ,धर्म र संस्कृति रहेको छ । मगरहरुको वाहुल्यता रहेको यो क्षेत्रमा व्राह्मण ,क्षेत्रि , गूरुङ ,नेवार र दलित जातीहरुको पनि वसोबास रहेको छ । सारङ्गी ,सोरठि जस्ता नाचका साथै अन्य विभिन्न संस्कृति झल्काउने नाच हरु पनि यो ठाउँमा नाचिन्छ ।

  • जनसंख्या : ३५३७६
  • घरधुरी संख्या : ८७४५
  • पूरुष घरमूली : ४५.७ प्रतिशत 
  • महिला घरमूली : ५४.३ प्रतिशत
  • वस्ती संख्या : ८९२
  • मुख्य भाषा: नेपाली
  • क्षेत्रफल:  २७०.४२ वर्ग कि.मी
  • वडा: १०
  • बनको क्षेत्रफल : १६२४९ हेक्टेयर 
  • बनको क्षेत्रफल प्रतिशतमा : ६०%
  • बस्ती क्षेत्र तथा कृषियोग्गे जमिन: १०७९३
  • बस्ती क्षेत्र तथा कृषियोग्गे जमिन प्रतिशतमा: ४०%