FAQs Complain Problems

७ नं. वडा कार्यालय (माडीचौर)

रोल्पा नगरपालिकाको संक्षिप्त परिचय

रोल्पा नगरपालिका रोल्पा जिल्लाको एक मात्र नगरपालिका हो ।पहाडी जिल्लामा पर्ने यो नगरपालिका नेपालको ५ नं प्रदेश अन्तर्गत पर्दछ । पूर्वमा सुनिल स्मृति गाउँ पालिका,उत्तरमा थवाङ र सुनछहरी गाउँपालिका , पश्चिममा माडि गाउँपालिका र दक्षिणमा रुण्टिगढि गाउँपालिका र त्रिवेणि गाउँपालिका रहेको यो नगरपालिका रोल्पा जिल्लाको सदरमुकाम रहेको क्षेत्र पनि हो । सडक सन्जाल , शिक्षा ,पर्यटन जस्ता विविध पक्षहरुमा विकासोन्मुख रुपमा रहेको यो नगरपालिका प्राकृतिक रुपमा अति लोभलाग्दो छ । नगरपालिका भित्र माध्यामिक ,आधारभूत , प्राथमिक र विभिन्न निजि स्कुलहरु पनि रहेका छन । जलजला वहुमूखि क्याम्पस तथा सि.टि.ई.भि.टी. प्राविधिक शिक्षालय रहेको यो नगरपालिका शिक्षा क्षेत्रमा पनि उन्मुख हुदै गरेको छ। ५ नं प्रदेशमा रहेको यो क्षेत्र पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने   भालुवाङबाट चकचके हुदै रोल्पा नगरपालिका पुग्न करिव १०६ कि. मि.को दुरी पार गर्नु पर्दछ ।

        वि.सं.२०६८ सालको जनगणना अनुसार रोल्पा नगरपालिकाको जनसंख्या ३२,७५९ रहेको छ । यस नगरपालिकामा १० वटा वडा रहेका छन । चारैतिर वगेको नदि तथा जलजला ,सातदोवाटा र दारवोट जस्ता उच्च स्थानमा रहेका मनोरम ठाउँ हरुले गर्दा पनि यो नगरपालिका साच्चिकै मनोरम रहेको छ । यो नगरपालिकाको आफ्नै रिति-रिवाज ,भाषा ,धर्म र संस्कृति रहेको छ । मगरहरुको वाहुल्यता रहेको यो क्षेत्रमा व्राह्मण ,क्षेत्रि , गूरुङ ,नेवार र दलित जातीहरुको पनि वसोबास रहेको छ । सारङ्गी ,सोरठि जस्ता नाचका साथै अन्य विभिन्न संस्कृति झल्काउने नाच हरु पनि यो ठाउँमा नाचिन्छ ।

Ward Contact Number: 

9866956971